सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार१२६ जनाको पीसीआरमार्फत र १५७जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज एक हजार ४ सय २९ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका २८३ जनामध्ये भारतबाट स्वदेश फर्केका १५७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका४५, झुलाघाट नाकाबाट फर्केका ४ जना र पुलघाट नाका दार्चूलाबाट भित्रीएका ५ जनामा संक्रमण पुष्टि भएको हो।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13