सांसद भण्डारीलाई कोरोना संक्रमण
2022/01/16, 8:34
 
aa

बैतडीबाट निर्वाचन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलाई कोरोना संक्रमण भएको छ।  आइतबार गरिएको परीक्षणमा सांसद भण्डारीलाई कोरोना पुष्टि भएको उनका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका भण्डारी  यसअघि गत साता प्रदेशका विभिन्न जिल्लाका पार्टीका अधिवेशनमा उपस्थित भएका थिए। विभिन्न कार्यक्रम र भीडभाडमा सहभागी भएपछि आज बिहान सांसद भण्डारीले कोरोना परीक्षण गराएको स्वकीय सचिव भण्डारीले बताए।

उनले भने,  माननीयज्यूलाई ज्वरो, रुघाखोकी देखिएको तर अवस्था गाह्रो छैन। अहिले होम आइसोलेशनमा बसिरहनुभएको छ  । सांसद भण्डारीले आफ्ना सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य परीक्षण गराउन र सर्तकता अपनाउन आग्रह गरेका छन्।