आइतबार सुदूरपश्चिम प्रदेशमा १८४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १ हजार ४८७ जनाको परीक्षण गरिएको १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआरमार्फत र १७७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकामा १ जनामा संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिमका नाका भएर आज एक हजार ६९७ नेपाली स्वदेश फर्केका छन्। यस्तै पछिल्लो २४ घण्टामा बाजुराका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुरुषको होम आइसेलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13