कैलालीको ‘भाइरल’ गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु, हत्या आशंका
2022/01/17, 11:27
 
crct

कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। गोदावरीको काठेपुलबाट खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको हो। उनी शिक्षक हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो।

६ बजेको घटना हो,  उनले  भने, ञस्थानीय एक होटल सञ्चालकका अनुसार मादक पदार्थ सेवन गरेका शिक्षक आफैं खसेका हुन्। विस्तृत बुझ्न् बाकी छ। उनका अनुसार भाट कोहलपुरबाट गोदावरी पुगेका थिए।

मृतकका आफन्तले भने पुलबाट धकेलेर हत्या गरिएको बताएका छन्। गोदावरीको पुलबाट खसेर खुट्टामा मात्र चोट लाग्दैन,झ मृतकका भाई लक्ष्मणले भने, घटना संकास्पद छ। सत्यतथ्य छानबिन हुनुपर्छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भाट फोटो खिच्ने क्रममा लडेको प्रत्यक्षदर्सिले देखेपछि खबर आएको जानकारी दिए।  ‘कोहोलपुरबाट आजै फर्किएको र गोदावरीको एक होटलमा बसेर मदिरा सेवन गरेर पुलमा फोटो खिच्न गएको सुन्नमा आएको छ, जोशीले भने।

काठेपुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। काठेपुल पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुन्छ। कैलालीमा यो पुल भाइरलको नामले परिचित छ।