
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित थपिएका हुन् ।सेतीमा सोमबार १५६ नमूनाको कारोना जाँच गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको छ । सोमबार संक्रमण दर ५७ प्रतिशत रहेकोमा आज ६० प्रतिशत पुगेको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15