
कैलालीस्थित चिसापानीमा स्थानीयसँग विवाद हुँदा आक्रमणमा परेका नेपाली सेनाका मेजर अशोक शाहीलाई सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला भएको पाइएको छ। सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेनाको कोर्ट मार्सलले उनलाई बर्खास्त गर्दै एक महिना कैद सजाय हुने फैसला गरेको हो।

मेजर शाही गत पुस २८ गते कैद भुक्तान गरेर रिहासमेत भइसकेका छन् तर नेपाली सेनाले अहिलेसम्म पनि यो फैसला गुपचुपु राखेको छ। सैनिक उच्च स्रोतका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 4:39
2020/11/05, 2:07
2021/06/05, 4:11
2022/01/20, 12:02
2023/02/06, 3:45