कैलाली प्रशासनमा कार्यरत १५ जनामा कोरोना पुष्टि, अत्यावश्यकबाहेक सबै सेवा बन्द
2022/01/22, 12:17

जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण देखिएको बताए ।

यसैबिच प्रशासनका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि कार्यालयका सेवाहरू पनि स्थगित गरिएका छन् । सो कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरू माघ ९ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको सूचना अधिकारी जोशीले बताए ।
अत्यावश्यक सेवा लिन आउनेहरूको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोप कार्ड लिएर आउनुपर्ने प्रशासनले जनाइएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07