
डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको केआईसिंह गाउँपालिका-६ की २० वर्षीया हरिना भाट गाउँकै स्थानीय खोला नजिकै मृत फेला परेकी हुन्।

आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन्। एक महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिका एक व्यक्तिसँग भागेर विवाह गरेकी हरिना माइती घर आएको चार दिनमात्र भएको थियो।
लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन्। यता, जिल्ला प्रहरी कार्यालय डोटीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57