
बैतडीमा जंगली बँदेलको आक्रमणमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका-१ घोरडीका अन्दाजी ७७ वर्षीय मन्नाम भनिने(मनोरथ जोशी) को मृत्यु भएको हो।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनका भतिज नवीन जोशीले बताए। सोमबार साँझ गाउँमै पसी जंगली बँदेलले चार जनालाई घाइते बनाएको थियो।
घाइतेमध्ये वीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको र ५० वर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको बताइएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11