भारतबाट आएका सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि
2022/01/25, 11:51
 
ss

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का ४८ वर्षीय पुरुष तथा कञ्चनपुरको दोदाधारचाँदनी वडा नम्बर २ का ४२ वर्षीय पुरुष र पुनर्वास नगरपालिका वडा नम्बर २ का २९ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो । 


एन्टीजेन पोजेटिभ देखिएकामध्ये एक सय ४६ जनाको परिक्षण गर्दा ओमिक्रोन भेटिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।


भारतबाट नेपाल प्रवेश गरेकाहरुको एन्टीजेन परिक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएकाहरुमध्ये नयाँ भेरियन्ट पहिचानका लागि पुस २५ गते  जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ.मा पठाइएको प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । 
ओमिक्रोन पुष्टि भएकाको त्रिनगर हेल्थडेस्कमा नमुना संकलन गरिएको जनाइएको छ ।