सेती प्रयोगशालामा मंगलबार थप २५६ जनामा कोरोना पुष्टि
2022/01/25, 3:00
 
da

 मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४०० नमुना परीक्षण गर्दा थप २५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ५ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने २ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा २२ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये १ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।