
सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि मतदान भएको थियो । मतदान सकिएपछि मतगणना सुरु गरिएको हो ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार छन् ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07