कञ्चनपुरमा मोटरसाइकल र अटो ठोक्किए, एक जनाको मृत्यु
2022/01/27, 3:25
 
dd

 कञ्चनपुरमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका-३ माईली बजारस्थित सडकमा लु २ स ००८१ नम्बरको अटो रिक्सा र से १ प ७६४४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

सो दुर्घटनामा बुधबार अटो चालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार र मोटरसाइकल चालक समेत गरी ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।