
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३५ नमुना परीक्षण गर्दा थप १४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ६ जना कोरोना संक्रमित अस्पतालबाट निको भई डिस्चार्ज भएका छन् । भने ४ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २० जना संक्रमित विरामीको उपचार भइरहेको छ ।
ती मध्ये चार जनाको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए । यस्तै २४ घण्टामा कैलालीको गोदावरी नगरपालिका ५ का ६२ बर्षीय पुरुषको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07