
कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ बाबाथानका अन्दाजी २४ वर्षीय विवेक राना, सोही ठाउँका अन्दाजी २० वर्षीय रोकि भन्ने राहुल रानामगर र दोधारा चाँदनी-६ शान्तिटोलका अन्दाजी १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेका छन्।

उनीहरुको साथबाट ४ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यस्तै, दोधारा चाँदनी-७ कै डम्बर चौराहाका प्रेम बडुवालको घरबाट उनीहरुले चोरी गरी ल्याएको म२प ५०८१ नम्बरको मोटरसाइकल पनि फेला पारी तीनै जनालाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07