बैतडी युवक हत्या प्रकरणः न्याय खोज्दै प्रदेश राजधानीमा आफन्त
2022/01/30, 3:08
 
Aaa

बैतडीको सुर्नया गाउँपालिका–६ मा ३० वर्षीय डम्बर अवस्थीको हत्या भयो। उनको हत्यापछि प्रहरीले घटनाको अनुसन्धान थाल्यो। प्रहरीले उक्त घटनामा हालसम्म २ जनालाई गिरफ्तार समेत गरेर अनुसन्धान चलिरहेको जनाएको छ। गत मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो। जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो।                                                                                                                   उनको हत्या प्रकरणमा प्रहरीले सोही ठाउँका हरिश अवस्थी र नवराज अवस्थीलाइ पक्राउ गरेको थियो। अहिले पनि अदालतबाट म्याद थपेर दुवैमाथि अनुसन्धान जारी रहेको बैतडी प्रहरीले बताएको छ। तर, पिडीतका परिवार तथा आफन्तहरुले भने हत्यामा थप अरु पनि संलग्न रहेको दाबी गरेका छन्। उनीहरुले घटनामा राजनैतिक चलखेल तथा संकास्पदहरुका बारेमा प्रहरीलाइ जानकारी दिदा समेत कुनै वास्ता नगरेको बताएका छन्। 

यही घटनाको विषयलाइ लिएर डम्बरका आफन्त तिर्थराज अवस्थी भने सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन्। उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाइ एक निवेदन समेत गरेका छन्। अनुसन्धानमा प्रहरीले नै असहयोग गरेको र त्यसमाथि छानविन तथा अनुसन्धान गरिदिन उनले माग गरेका छन्। मन्त्रालयलाइ गरिएको निवेदनमा घटनाको यथेष्ट अनुसन्धान गरेर कारबाहीको लागि पहल तथा परिवारलाइ क्षतिपूर्ति उपलव्ध गराउन माग गरिएको छ।