सेती प्रयोगशालामा सोमबार थप१०० जनामा कोरोना पुष्टि
2022/01/31, 2:08
 
da

सोमबार  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २४३नमुना परीक्षण गर्दा थप १०० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा २४ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये ८जनाको आइसियु र २ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।