
यस बर्ष पनि हेलिकोप्टरबाट खप्तड घुम्ने पाइने भएको छ । आगामी फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको हो ।

स्वर्गको टुक्रा उपमा पाएको खप्तडसम्म सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकोप्टरमार्फत पुग्ने प्याकेज सुरु हुन लागेको हो । हिउँले सेताम्मे भएको खप्तडको सुन्दरता देखाउने गरी खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्राली डोटीले ‘हेली प्याकेज’ ल्याउन लागेको होमस्टेका सञ्चालक दीपक खड्काले जानकारी दिए ।
खप्तड पुग्न दिपायलबाट प्रतिव्यक्ति १२ हजार र बडीमालिका घुम्न दिपायलबाट ३० हजारको प्याकेज सञ्चालन गरिने उनले बताए । अत्यधिक हिमपात भएकाले खप्तडमा अझै पनि ४ फिटभन्दा बाक्लो हिउँ रहेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/20, 4:02
2021/09/06, 2:54
2023/11/21, 1:15