अछामका प्रहरी प्रमुखलाई गृहमन्त्रीको फोन
2022/01/31, 2:39
 
dd

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन गरेर जिल्लाको शान्ति सुरक्षा र प्रहरीको रासन भत्ताबारे जानकारी लिएका छन्। सोमबार बिहान १२ वटा जिल्लाका प्रहरी प्रमुखलाई फोन गर्दै शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासन भत्ता वितरण बारे जानकारी लिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।

गृहमन्त्रीले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखलाई टेलिफोन गरेका हुन्। गृहमन्त्री खाणले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड १९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ताबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ।