सेती अस्पतालमा मंगलबार थप ६१ जनामा कोरोना पुष्टि
2022/02/01, 2:49
 
aa

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ६१ सय जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १७१ नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी दम सम्बन्धी बिरामी रहेका र हिजो नै उनीमा कोरोना संक्रमण पुष्टि भएको बतइएको छ।

यस्तै २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने, ५ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल अस्पतालमा २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ८ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।