
कैलालीमा अवैध सालका काठ बरामद गरिएको छ । गएराति ९ बजेतिर जिल्लाको घोडाघोडी नगरपालिका– ५ सरैयाका प्रेम चौधरीको घर आंगनबाट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले सो काठ बरामद गरेको हो । तोरीको भुसाभित्र राखिएका सालको कडि ५० थान (४ फिट), ५ फिट र ७ फिटका गरि जम्मा २१ क्यु फिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय पहलमानपुर पठाइएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07