
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ। नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले धनगढी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरिरहेका छन्।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेका थिए।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52