मदिराले आक्रान्त अछाम
2022/02/15, 12:49
 
dd

श्रीमान्‌ले भारत बोलाएपछि २ छोरीसहित भारत गएकी पवित्रा ९नाम परिवर्तन० मदिरा सेवन गरी श्रीमान्ले चरम यातना दिन थालेपछि नेपाल फर्केर माइतीको सहारामा पुगिन् । ‘जड्याँहा श्रीमान्का कारण दुई छोरी च्यापेर दुःख सहेरै बसेकी थिएँ । पछि मैमाथि अनेक शंका गरेपछि भागेर माइतीको सहरामा आएकी हुँ,’ उनले भनिन्, ‘हुँदाहुँदा छोरीहरू पनि मेरा होइनन्, कोसँग तेरो सम्बन्ध छ भनेर कुट्न थाले । ज्यानकै खतरा भएपछि आएँ ।’ 

रामारोशन गाउँपालिका–७ की रमिला ९नाम परिवर्तन० कक्षा ७ पढ्दै गर्दा आफ्नै स्कुलमा पढ्ने गाउँको एक केटासँग प्रेममा परिन् । करिब ३ वर्षसम्म प्रेम सम्बन्ध चलिरह्यो । त्यो कुरा घरपरिवार र साथीहरूले पनि थाहा पाए । गाउँभरि हल्ला चलेपछि कक्षा १० पूरा नहुँदै दुवै परिवारको सहमतिबिना नै उनीहरूले बिहे गरे ।

आर्थिक अवस्था कमजोर भएका कारण करिब ३ महिनापछि श्रीमान् कामको खोजीमा भारततर्फ लागे । बिस्तारै उनीहरूबीच सम्पर्क टुट्दै गयो । उनका श्रीमान्ले भारत गएको ८ महिनादेखि कुनै सम्पर्क गरेनन् । घरमा पनि ४ वर्ष पछि आए । भारतमा श्रीमान्ले अर्को बिहे गरेको गाइँगुइँ चलेपछि रमिलाले बुझ्न चाहिन् । तर श्रीमान्ले उल्टै मदिरा सेवन गरेर कुटपिट गर्न थाले । सासू र नन्दले समेत घरबाट निस्कन दबाब दिन थालेपछि सहाराको खोजीमा माइती पक्षसँग दुःख पोखिन् । आफूखुसी बिहे गरेको रिसमा माइतीले उनको पक्षमा बोल्न मानेनन् ।

ग्रामीण क्षेत्रका महिलाले पुरुषबाट भोग्ने मदिराजन्य हिंसा बग्रेल्ती देखिन थालेका छन् । गाउँमा सहजै उपलब्ध हुने घरेलु मदिरा सेवनका कारण अछाम यति बेला आक्रान्त छ । मदिराको लत सानै उमेरका केटाकेटीमा समेत परेको छ भने कतिको जीवन बर्बाद भइसकेको छ ।

मदिराले अछाममा नकारात्मक असर पार्न थालेपछि २०४४ सालमा नै मदिरा बिक्रीवितरणमा पूर्ण रूपमा बन्देज लगाइएको थियो । तर लुकाइछिपाइ जिल्ला भित्र्याइने र घरेलु मदिरा अत्यधिक मात्रामा उत्पादन हुन थालेपछि सरोकारवालाको सहमतिमा २०६८ देखि बन्देज खुलाइयो । अछामका दुर्गम गाउँमा पाइने कर्णाली सौफी नामक मदिरा र अन्य कमसल खालका मदिराले धेरैको ज्यान लिने गरेको छ । २५ रुपैयाँमा पाइने उक्त मदिरा सबैभन्दा कमसल ९७५ यूपी० खालको मदिरा हो । जसले सेवनकर्ताको ज्यान नै लिने गरेको छ ।