
कोरोना संक्रमित बजार बजार डुल्दै गरेको र संक्रमितको संख्या बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल गरीएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए ।

उनले सुरक्षा समितिको बैठक पछि उक्त निर्णय लिएको बताउदै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल गरिएको बताए । बैक, अस्पताल र सरकारी कार्यालय खुल्ला नै रहने छन भने अति आवश्यक बाहेकका सबै सेवा बन्द रहने प्रशासकीय अधिकृत ओझाले बताए ।

कोरोना संक्रमितहरु डडेल्धुरा बजारमा समेत आएको जानकारी पाएपछि व्यापारीहरु समेत त्रसित भएका छन । यसअघि बिहिबारदेखि डडेल्धुराकै गन्यापधुरा गाउँपालिका सिल गरिएको थियो । डडेल्धुरामा एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38