बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुँदै
2022/02/17, 11:28
 
kk

प्रतिकूल मौसमको कारण देखाउदै बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ। शुक्रबारदेखि समिट एयरले उडान गर्ने भएको हो।

गत पुस १६ गतेबाट बन्द भएको उडान भोलि फागुन ६ गतेबाट नियमित रुपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले बताए। मौसममा सुधार आएसँगै अब नियमित उडान गर्न लागिएको उनले बताए।

हरेक शुक्रबार धनगढीबाट पाटनका लागि बिहान १० बजे र पाटनबाट धनगढीका लागि १०ः३० बजे उडान भइरहेको थियो।