बैतडीमा महिलाको मुख थुनेर रातभर बलात्कार
2022/02/17, 3:10
 
aa

बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। जिल्लाको मेलौली नगरपालिकाकी ३० बर्षीया एक महिलामाथि मुख थुनेर रातभर बलात्कार भएको घटना सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार मुख थुनेर रातभर बलात्कार भएको भन्दै किटानी जाहेरी परेको छ। ‘मेलौली नगरपालिकाको केन्द्रबाट घर फर्किने क्रममा जवरजस्तीकरणी भयो भन्दै जाहेरी प्राप्त भएको छ,’ खड्काल भने, ‘आरोपीको पहिचान भइसकेको छ। खोजी कार्य जारी छ।’

प्रहरीका अनुसार घटना घटेको झण्डै दुई साता भइसकेको छ। तर बलात्कारपछि महिलालाई ज्यान मार्ने धम्की पनि दिइएकाले ढिलो गरी घटना सार्वजनिक भएको हो।