धनगढी प्रयोगशालाका स्वास्थ्यकर्मीमाथि दुव्र्यहार (भिडियो सहित)
2020/06/19, 8:00
 
korona

सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले धनगढी प्रयोगशालाका प्राविधिकमाथि हातपात गरेको आरोप लागेको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर सीमा नाकामा खाना वितरणको जिम्मा दिएको सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले परिक्षणको क्रममा प्रयोगशालाका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको आरोप लागेको हो ।

त्रिनगर सीमा नाकामा प्रदेश सरकारको आर्थिक सहयोगमा खाना वाडिरहेका युवाहरुको समुह आफै आरडिटी चाँजका लागि गएको अवस्थामा विश्व स्वास्थ्य संगठनको नियम अनुसार जाँच गर्न नआएको भन्दै फाउण्डेसनका युवाहरुले स्वास्थ्यकर्मीहरुलाई दुव्यवहार गरेको प्रयोगशालाका निमित्त प्रमुख दुर्गादत्त जोशीले बताए । धम्की हातपात र दुव्र्यवहारपछि प्रादेशिक प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग समेत गरेका छन् । प्रयोगशालाको ढोका खोलेर तीन जना युवाहरु भित्रै पसेर बाहिर आउ तिमिहरुलाई सडकमा देखाउँछु भन्दै धम्की दिएको निमित्त प्रमुख जोशीले गुनासो गरे । 

1

उनीहरुले आफुहरु काम गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताललाई जानकारी गराईएको भएपनि अस्पतालले पनि कुनै पहल नगरेको आरोप लागेको छ । यस वारेमा वुझ्न खोज्दा अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले फोन उठाएनन् । अस्पतालका अध्यक्ष दुर्गा जोशीले मिस अन्डरस्टाईडिंग मात्रै भएको बताए । उनले यसका विषयमा फाउण्डेसन र स्वास्थ्यकर्मीलाई वोलाएको र छलफलको तयारी भईरहेको जानकारी दिए । 

1

आफ्नो ज्यान जोखिममा राखेर प्रयोगशालामा कोरोना जाँच गरिरहेको अवस्थामा युवाहरुका कारण थप त्रसित भएर काम गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् । सेती प्रादेशिक प्रयोगशालामा काठमाण्डौबाट खटिएका डाक्टर श्रवणकुमार मिश्रले यस्ता गतिविधिले प्रयोगशालामा स्वास्थ्यकर्मीको मनोबल गिराउने गतिविधि भएको भन्दै घटनाको विरोध जनाए ।

b

उनले स्वास्थ्यकर्मीहरुलाई मनोबल वढाउने काम गर्न सवैलाई आग्रह गरे । तर यता सुदूरपश्चिम फाउण्डेसनले भने दुव्र्यवहार नभएको जनाएको छ । फाउण्डेसनका अध्यक्ष भरत शाहले युवाहरु खाना खुवाउनका लागि त्रिनगर नाकामा खाना खुवाउन सक्रिय भएकोले उनीहरुको आरडिटी जाँचका क्रममा सामान्य विवाद भएको प्रतिक्रिया दिए । तर कुनै दुव्र्यवहार नभएको दावी गरे ।

b

अध्यक्ष शाहले आफुहरुले मन्त्रालयबाट दिएको पत्र अनुसार जाँच गर्न भन्दा नमानेपछि सामान्य विवाद भएको भएको बताए । आफुहरुलाई पत्रमा लेखेको मापदण्ड अनुसार जाँच गर्दा आग्रह गर्दा पनि त्यस हिसाबले जाँच नगरेको फाउण्डेसनले जनाएको छ । 

b