बैतडीमा चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन
2022/02/21, 10:25
 
ss

चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो। स्वेच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सो संस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए।

उनले भने, “अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएका छौँ। देश तथा विदेशबाट उठेको रकमबाट तथा सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको हौँ।”

विसं २०७७ चैतबाट थालिएको अभियानमार्फत १३ लाख ८० हजार सङ्कलन भएको र १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो। बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सस्थाले जनाएको छ।