डा. शर्माद्धारा पीसीआर मेसिन खरिद गर्न ४३ हजार सहयोग
2020/06/19, 8:27
 

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौडेलले पीसीआर मेसिन खरिद गर्नका लागि ४३ हजार सहयोग गरेका छन्। कोरोना संक्रमितहरुको उपचारका लागि अग्रमोर्चामा खटिएका कन्सलट्याण्ट फिजिसियन डा शर्माले आफ्नो एक महिनाको पारिश्रमिक ४३ हजार ५ सय ८० रुपैँया डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेका हुन्।

अहिले प्रदेशमा एउटा मात्र पीसीआर मेसिन स्थापना गरिएको छ। डडेल्धुरामा समेत उक्त मेसिन स्थापना गरि संञ्चालनमा ल्याउन सके सुदूर पहाडका सात जिल्लाको कोरोना परीक्षणका लागि सहज हुनेछ। अहिले उक्त मेसिन खरिद गर्नका लागि सहयोग संकलन अभियान नै संञ्चालन गरिएको छ।

सुदूरपश्चिबाट कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि पीसीआर परीक्षणको दायरा फराकिलो पर्नुपर्ने देखिएकाले मेसिन खरिद गर्नका लागि आफुले पनि सहयोग गरेको डा. शर्माले बताए। ह्युमानिटी फाउण्डेस नेपाल, सुदूरपश्चिम समाज अमेरिका लगायतको अगुवाईमा सहयोग संकलन भईरहेको छ।