
कञ्चनपुरमा जुवा खालबाट ८ जना पक्राउ परेका छन्। आइतबार भीमदत्त नगरपालिका- ४ बसपार्क स्थित वीरेन्द्र सिंहले सञ्चालन गरेको होटेलबाट ८ जनालाई ७९ हजार ५ सय ९५ रुपैयाँ र एक गड्डी तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त- ४ का ३० वर्षीय महेशसिंह धामी, २७ वर्षीय शिवासिंह बस्नेत, २३ वर्षीय खेमराज जोशी, २० वर्षीय भरत सिंह, वडा नम्बर १ का २८ वर्षीय केशव साउद, ३ का २९ वर्षीय राजेश पन्त, ४ का ३२ वर्षीय वीरेन्द्र सिंह र ८ का २६ वर्षीय चक्र चन्द रहेका छन्।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52