
कैलालीमा हतियारसहित तीनजना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेतिर कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट उनीहरुलाई एक थान बारबोर बन्दुक र ५ कार्तोस (गोली) सहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नम्बर ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार पक्राउ परेकाहरुमा कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।
सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायतको कमाण्डको टोली जंगल आसपासको क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/06, 2:10
2022/03/11, 1:55
2023/04/08, 7:31