नेपाली कांग्रेस कैलालीको १४ औं जिल्ला अधिवेशन, सभापतिमा ३ जनाको उम्मेदवारी
2022/02/26, 11:04

नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औं अधिवेशन अन्तर्गत शनिवार मनोनयन दर्ता भएको छ । निर्वाचन समितिका अनुसार जिल्ला सभापतिमा अहिलेसम्म तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो ।

यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन् । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन् ।
उनको प्यानलाट उप–सभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । त्यसैगरी सभापति प्रकाश बमको प्यानलबाट उप–सभापतीमा खेमराज चौधरी र तेज शंकर भट्ट, सचिवमा खडक शाह रहेका छन् ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/06, 2:10
2022/03/11, 1:55
2023/04/08, 7:31