
कञ्चनपुरमा नाइट्रोभेट र स्पाससहित कैलालीका दुई युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार जिल्लाको पुनर्वास नगरपालिका-१० दोदा पुलबाट कैलालीको गोदावरी नगरपालिका-६ का १९ वर्षीय सन्तोष भनिने सिताराम ओझा र १८ वर्षीय प्रकाशबहादुर बाग पक्राउ परेका हुन्।
ओझाले चलाएको सुपप्र ०१०१० प ९५१० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पछाडि सवार बागले पेन्टिभित्र लुकाइराखेको अवस्थामा Nitravet- १० लेखेको ३५ र Prosymed-Spas लेखेको ३२ गरी ६७ क्याप्सुल र गोलिया फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए। दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/06, 2:10
2022/03/11, 1:55
2023/04/08, 7:31