कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित एक भारतीय पक्राउ
2022/02/28, 12:45
 
dd

कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभित तहशिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाउँका अन्दाजी २२ वर्षीय बलजीत सिंह रहेका छन्।

आइतबार जिल्लाको बेलौरी नगरपालिका ६ नकैया नाका आमबगैयाबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्का कमाण्डको टोलीले चेकजाँच गर्दा १०।९१ ग्राम लागूऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार उनले लागूऔषध सेतो प्लास्टिकको थैलोमा सर्टको बाउलाभित्र लुकाएका ल्याएका थिए। सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।