कांग्रेसको जिल्ला अधिवेशनः मतगणना सुरु
2022/02/28, 3:14
 
aa

मतगणना गर्ने सहमति भएको झण्डै ५ घण्टा ढिलो गरी कैलाली काँग्रेसको मतगणना सुरु भएको छ ।

मतदान सके लगत्तै मतगणना गर्ने भनिएपनी अबेर रातिसम्म सहमति हुन नसकेपछि सोमबार बिहान १० बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर, सोमबार बिहान पनि सहमति जुट्न नसकेपछि समयमा मतगणना हुन सकेको थिएन ।

सो पार्टीका निर्वाचन अधिकृत टेक प्रसाद सुबेदीले सभापतिका उम्मेदवारहरूबिच मतगणनाको विषयमा सहमति हुन नसक्दा ढिलो गरी मतगणना सुरु भएको बताए ।सभापतिको मतगणना सम्पन्न पछि मात्रै अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

२ हजार ५ सय ७६ प्रतिनिधि रहेको जिल्लामा २ हजार ४ सय ८५ ले मतदान गरेका थिए ।निर्वाचन अधिकृत सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए ।

मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।