सुदूरपश्चिममा कोरोना परिक्षणका लागि संकलित नमुना थपिदैं थन्किदै
2020/06/20, 8:09
 
korona

कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा संकलन गरीएका नमुनाहरु थन्किने क्रम वढ्दै गएको छ । यसअघि का दिनहरुमा दुई हजारको हारहारीमा नमुनाहरु सिरक्षण गर्न बाँकी रहने गरेको थियो । तर अझै  चार हजार सात सय बढीको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशभरी संकलन गरीएका चार हजार सात सय ५९ जनाको नमुना परीक्षण को क्रममा प्रयोगशालाका डिफ्रिजमा थनिकएका छन् । संकलन गरीएका थ्रोट स्वाबको नमुना परीक्षणका लागि धनगढी प्रयागशाला र काठमाडौँ प्रयागशालामा पठाईएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

धनगढी प्रयोगशालामा नमुनाहरु वढी थन्किन थालेपछि काठमाण्डौं पठाउन थालिएको छ । शुक्रवार मात्रै दुई हजार नमुना काठमाण्डौं पठाईएकोमा त्यहाँ मात्रै १५६ जनामा कोरोना पुष्टि भएको थियो । तीन हजार ४७ जनाको नमुना धनगढी प्रयोगशालाले परीक्षण गर्न बाँकी छ भने एक हजार सात सय १२ जनाको काठमाडौँ प्रयोगशाला मार्फत परीक्षण गर्न बाँकी छ । । 

अहिलेसम्म सुदूरपश्चिमका १५ हजार चार जनाको कोरोना परीक्षण भएको छ । सात हजार चार सय ७९ जनाको धनगढी प्रयोगशाला मार्फत र बाँकी दुई हजार ६ सय ७० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा ८६ हजार पाँच सय १६ जनाको आरडिटी परीक्षण गरीएको छ भने आरडिटी परीक्षणमा ६ हजार दुई सय १४ जनामा एन्टिबडी देखाएको छ ।