कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा २ युुवक पक्राउ
2022/03/02, 1:22
 
aa

मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चनपुर प्रहरीले २ युवकलाई पक्राउ गरेको छ। मंगलबार लालझाडी गाउँपालिका–६ का शिवभक्त मिश्रको घरबाट मोटरसाइकल चोरी भएपछि खोजी गर्ने क्रममा मिश्रको मोटरसाइकलसहित ती युवकलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने २० वर्षीय प्रवेश जोशी र बेल्डाडी गाउँपालिका– १ का हर्क निरौला रहेका छन्। उनीहरुको साथबाट चोरी भएको सुपप्र ०२ ००३ प ३६३६ नम्बरको मोटरसाइकल र म२प ५२१८ नम्बरको स्कुटर बरामद भएको छ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।