सुदूरपश्चिम प्रदेशका सामाजिक बिकस मन्त्री लालबहादुर खड्काले कैलाली कञ्चनपुर कोभिड १९को निकै जोखिम रहेकोले नियन्त्रण गर्न संचारकर्मीको निकै महत्वपुर्ण भुमिका रहेको बताएका छन् । कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण लागि पत्रकारको भुमिका बिषयक धनगढीमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
धनगढीको त्रिनगर नाका र कञ्चनपुरको गडाचौकी नाका भएर मानिसहरु धेरै ओहोरदोहोर गर्ने भएकोले यहाँ सचेतना अपनाउन जरुरी रहेको मन्त्री खड्काले बताए । उनले भने ‘यहाँ भारतबाट नेपाल आउने संख्या उच्च भएको कोभिड १९को जोखिम रहेको छ ।’ कोभिड नियन्त्रका लागि पत्रकारहरुको महत्वपुण भुमिका रहेको उनको भनाई छ । धनगढीका सिमा नाकामा स्वास्थ्य हेल्थ डेस्कको व्यवस्था गरी भारतबाट नेपाल आउने मानिसहरुको स्वास्थ्य परिक्षण गर्नु आवश्यक रहेको खड्काले बताए ।
सुदूरपश्मिका विभिन्न ठाउका नाकाबाट भारत आवतजावत गर्ने मानिसहरुको सख्यामा धेरै रहेकोले कोभिडको उच्च जोखिम पनि बढेको संचारकर्मीहरुले जोड दिएका थिए । कोभिडबाट बच्न सबैले एक जुट भएर लाग्ने र सुरक्षाको व्यवस्था गर्ने धनगढी स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । उनले भने काभिड–१९ को खोप अहिले मालपोत कार्यालय, विद्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय सबै ठाउमा लगाउने गरेको समेत उनले जानकारी दिए ।
कोभिड सम्बन्धी सही सुचना सम्प्रेसण गर्नुमा पत्रकारहरुको महत्वपुण भुमिका रहेको पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य दिल बहादर छत्यालले बताए । धनगढीको त्रिनगरनाका र कञ्चनपुरको गड्डाचौकी नाका भएर धेरै सख्यामा मानिसहरु आउने भएको हुर्दा कैलाली जिल्ला कोभिडको जोखिममा रहेको पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलले बताए । उनले भने कोभिडबाट बच्न सबैले एक जुट भएर लाग्ने र थप साधन स्रोतको व्यवस्थामा जोड दिनुपर्ने रहेको बताए ।
कोभिड–१९ रोगथाम तथा नियन्त्रणमा पत्रकारको भुमिका सम्बन्ध कार्यक्रममा सहकार्य सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष योगेन्द्र बलायरले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन महासचिव रामसिह ठगुन्नाले गरेका थिए ।