धनगढीको नवजीवन अस्पतालमा डायलासिस सेवा सुरु हुने भएको छ । अस्पतालमा डायलासिस सेवा संचालनका लागि आज मार्क ईन्टरनेसनल किडनी सेन्टर र अस्पताल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मार्क इन्टरनेसनल किडनी सेन्टरका तर्फबाट डाक्टर अर्चन शम्शेर राणा र नवजीवन अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डाक्टर विदुरमणी ढकालले हस्ताक्षर गरेका हुन । मार्क इन्टरनेसनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा नवजीवन अस्पताल भित्रै डायलाइसिस सेन्टर बैशाख अन्तिमसम्म संचालनमा आउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए ।
उनले भने–‘हामीले १० वटा मेसिन ल्याउँदैछौ । डायलासिस सेन्टर सञ्चालनमा आएपछि बिरामीले उपचार गराउन काठमाण्डौँ तथा भारतमा जानुपर्ने बाध्यता हट्ने बिश्वास छ । बिरामीले आजसम्म कि त काठमाण्डौँ जानुपरेको कित भारतमा जानुपरेको छ, अब नवजिवन अस्पतालमै यो सेवा पाउँछन्, सुदुरपश्चिमका जनताको लागि खुसिको खबर हो ।’ महिनामा कम्तिमा ३ सय जनाले सेवा पाउनेछन- उनले भने ।