
कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो।

फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए।
लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम थापामगरलाई जिल्ला अदालत कैलालीले ६ महिना अघि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 5:22
2023/01/07, 1:44