स्वाब संकलन गर्ने भाडो अर्थात भिटिएम अभावले रोकिएको स्वाक संकलनको काम अझै सुरु हुन सकेको छैन् । कोरोना परिक्षणका लागि स्वाव संकलन गर्नका लागि आवश्यक पर्ने भिटिएम नआउँदा नमुना संकलनको काम सुरु हुन नसकेको हो ।
संघीय सरकारले मात्रै खरिद गरेर पठाउने भिटिएम किट अभावले पाँच दिनदेखि स्वाब संकलनको काम रोकिएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार यसअघि नै संकलन गरिएका नमुनाहरु पनि धेरै नै परिक्षण गर्न बाँकी रहेकोले हाल तिनीहरुको परिक्षण भईरहेको छ ।
संघीय सरकारले पठाएको भिटिएम सहित अन्य स्वास्थ्य सामाग्री बोकेको गाडी धनगढी पुगेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । सरकारले पठाएका सामाग्रीहरु के के छन भन्ने रुजु भएपछि अस्पताललाई आईतबार हस्तान्तरण हुने उनले बताए ।