सुदूरपश्चिममा सोमबार थप १० जनामा कोरोना पुष्टि 
2022/03/07, 7:05
 
ss

सुदूरपश्चिम प्रदेशमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८२७ नमुना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ५२ नमुना पिसिआर परीक्षण गर्दा ८ जना र ७७५ जनामा एन्टिजेन परीक्षण २ जना गरी १० जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालबाट तीन जना कोरोनामुक्त भएका छन् ।