
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोना परीक्षण गरिएको सबैको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै सोही अवधिमा थप एक जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।हाल अस्पतालमा हाल दुई जना कोरोना सङ्क्रमित उपचाररत छन् ।दुवै जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
हाल सम्म अस्पतालको प्रयोगशालामा एक लाख २५ हजार ८ सय १८ जनाको पिसिआर स्वाब सङ्कलन गरिएकोमा २३ हजार ९ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भने हाल सम्म सो अस्पतालमा दुई सय २८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20