
सुदूरपश्चिम प्रदेशमा बुधबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८१० नमूना जाँच गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुधबार भारतबाट फर्किएका ८०३ जनाको परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि नभएको निर्देशनालयले जनाएको छ । अब प्रदेशभरिक १५२ जनामात्रै सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यो प्रदेशमा हालसम्म पाँच लाख १५ हजार ७०० जनाको परीक्षण गरिएको छ । जसमध्ये ५९ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा कोरोना संक्रमणपछि हालसम्म मृत्यु हुनेको संख्या ६३३ पुगेको छ ।

सबैभन्दा बढी दोस्रो लहरको संक्रमणको क्रममा संक्रमितको ज्यान गएको थियो । पछिल्लो समय कोरोना संक्रमण धेरै घटेको छ ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 5:58
2021/04/21, 3:40
2021/11/07, 4:11
2023/07/01, 2:59