धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा हाल दुई जना कोरोना सङ्क्रमित उपचाररत छन् ।दुवै जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
हाल सम्म अस्पतालको प्रयोगशालामा एक लाख २५ हजार ८ सय ५१ जनाको पिसिआर स्वाब सङ्कलन गरिएकोमा २३ हजार ९ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भने हाल सम्म सो अस्पतालमा दुई सय २८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2021/10/19, 1:32
2023/10/09, 12:24
2020/07/09, 1:37
2020/11/22, 1:33