
सुदूरपश्चिम प्रदेशमा बिहीबार एक जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१३ नमूना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

एन्टिजेन परीक्षणबाट ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका व्यक्ति बिहीबार नै भारतबाट आएका निर्देशनालयले जनाएको छ । ती व्यक्ति गड्डाचौकी नाका भएर आएका हुन । अब प्रदेशभरि १३४ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । जसमध्ये दुई जनालाई आइसीयुमा राखेर उपचार भइरहेको छ । प्रदेशभरि हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७१ पुगेको छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20