
कैलालीमा हत्या गरेको अवस्थामा भेटिएका भारतका कुल्दीप गुप्ताको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एक जना नेपाली नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

यद्यपि ती व्यक्तिको परिचय भने खुलाएको छैन । आजै सोही व्यक्तिलाई दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
गत सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भेटिएको शव भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20