
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान हसनपुरमा सुपप्र ०१ ०१० प ४६११ नम्बरको स्कुटर र प्रदेश नं २ ०३०३० नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक बोराडाँडीकी २४ वर्षीया अमृता राना र मोटरसाइकल चालक कैलारी गाउँपालिका-४ का २४ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20