धनगढीमा क्वारेन्टिनबाट संकलन गरिएको स्वाब बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्रका क्वारेन्टिनबाट संकलित १९ जनाको स्वाब परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा आइरहेकोे एम्बुलेन्स धनगढी उपमहानगरपालिकास्थित राजपुरमा दुर्घटनामा परेको हो।
राजपुरको आरपी फ्लोर मिल नजिक पिपलाडी स्वास्थ चौकीको म१ज १०० नम्बर प्लेटको एम्बुलेन्स र से१ख २०८६ नम्बर प्लेटको ट्रकसंग ठोक्किँदा दुर्घटना भएको हो।
ठूलो पानी परिरहेको अवस्थामा एक्कासी दुई ट्रकसंगै अगाडि सडकमा देखिएपछि अनियन्त्रित भएर दुर्घटना भएको एम्बुलेन्स चालक गौरे लुहारले बताए। यता अस्थाई ट्राफिक प्रहरी पोष्ट गेटाका प्रहरी नायव निरीक्षक गणेश सिंह नगारीले रोकिरहेको अवस्थाको ट्रकमा अगाडिबाट एम्बुलेन्स ठोक्किँदा दुर्घटना भएको बताए।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01