राउण्ड टेबल नेपाल धनगढी–अत्तरीयाद्धारा धनगढीमा शनिवार आयोजित रक्तदान कार्यक्रममा १३५ जनाले रक्तदान गरेका छन् ।अन्तर्राष्ट्रिय राउण्ड टेबल दिवसका अवसरमा धनगढीमा आयोजित रक्तदान कार्यक्रममा राउण्ड टेबल नेपाल धनगढी–अत्तरीयाका संस्थापक अध्यक्ष राहुल बंशलले २२ औं पटक रक्तदान गरे ।
रक्तदान कार्यक्रममा राउण्ड टेबल नेपालका सदस्यसंगै बिभिन्न पेशा, व्यवसाय र नवजीवन सहकारी संस्थाका शेयरधनीहरुले समेत रक्तदान गरे । रक्तदाताहरुलाई राउण्ड टेबल नेपाल धनगढी–अत्तरीयाका अध्यक्ष आयुष मोहपाल, संस्थापक अध्यक्ष राहुल बंशल, पूर्व अध्यक्ष कविश अग्रवाल, उपाध्यक्ष रोशन अग्रवाल लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
हरेक वर्ष १२ देखि १६ मार्चसम्म विश्व व्यापी रुपमा मनाईने साता व्यापी राउण्ड टेबल दिवसका अवसरमा आज नेपाल अन्तर्गत रहेका राउण्ड टेबल नेपालका सबै शाखाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।राउण्ड टेबल नेपाल धनगढी–अत्तरीयाद्धारा आयोजित रक्तदान कार्यक्रममा देशभरीमा सर्बाधिक रक्तदाताले रक्तदान गरेका थिए ।